कावासोतीमा बजार अनुगमन
कावासोतीमा निर्माण सामग्री, खाद्य सामग्रीका लगाएतका विक्रेताहरुलका पसल तथा सप्लायर्सहरुको अनुगमन गरिएको छ ।
विभिन्न कार्यालयको संयुक्त अनुगमन टोलीले कावासोती बजारका हार्डवेर तथा सप्लायर्स, खाद्य भण्डार, विभिन्न सामग्रीका थोक तथा खुद्रा विक्रि केन्द्रको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा विभिन्न खाद्य सामग्री विक्रि केन्द्र एवम् किराना पसलबाट म्याद गुज्रेका करिव १४ हजार बरावरको सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको थियो ।
त्यसै गरि ४ वटा हार्डवेयर पसललाई आवश्यक कागजात सहित घरेलु तथा साना उद्योग कार्यालयमा उपस्थित हुन भनिएको छ भने केहि ब्यावसायीलाई आवश्यक सुझाव सहित सचेत गराइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विक्रम सुवेदीले जानकारी दिनुभयो । त्यसैगरि आवश्यक कर विजक जारी नगरेका र आवश्यक समयमा करखातामा हिसाव दाखिला नगरेका ब्यावसयीलाई प्रथम पटककालागि सचेत गराईएको सुवेदीले जानकारी दिनुभयो ।
अनुगमनमा आन्तरिक राजस्व कार्यालयका प्रतिनिधि कमल बराल,घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बिक्रम सुवेदी, जिल्ला प्रशासन कार्यालयका राजेन्द्र देवकोटा, कावासोती नगरपालिका का तारा बहादुर तामाङ, उद्योग बाणिज्य कार्यालय भैरहवाका टेक राज भट्राई र टेकराज पन्थी, नवलपुर उद्योग बाणिज्य संघका राजेन्द्र पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सागर पन्त, उपभोक्ता हकहित मञ्चका डोरमान गिरि, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
मंगलबार कावासोतीका १९ वटा ब्यावसायिक प्रतिष्ठानहरुमा अनुगमन गरेको सो टोलिले सोमबार देवचुली नगरपालिकाका विभिन्न बजारका १३ वटामा अनुगमन गरेको थियो ।