गैडाको आक्रमणबाट मध्यबिन्दु ३ रतनपुरमा एकजना घाइते
शालिकराम भट्टराई / कोल्हुवा, नवलपुर १६ माघ ।
पूर्वी नवलपरासीकाे मध्यबिन्दु ३ रतनपुरमा गैडाको आक्रमणबाट एक वृद्ध घाइते भएका छन ।
मध्यबिन्दु ३ रतनपुरका अन्दाजी ६० बर्षिय उनी गाई भैसी चराइरहेका बेला एक्कासी गैडा आएर आक्रमण गरेको स्थानीय दिनेश खनालले जानकारी दिए ।
गैडाको आक्रमणबाट उनको साप्रामा गहीरो चोट लागेको छ । गैडाले आक्रमण गरेको देखेपछी संगै गाई भैंसी चराउन गएका साथीहरु चिच्याएपछि गैडा भागेर नारायणी नदितर्फ गएको स्थानिय खनालले जानकारी दिए।
अहिले उनको मध्यबिन्दु जिल्ला अस्पताल डन्डामा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
हिउद लागेसंगै मध्यबिन्दु २,३ र कावासोती १५, १७ लगाएतका ठाउमा चितवन राष्ट्रिय निकुञ्जबाट दिनहु जसो गैडा र बदेल बस्तीमा प्रबेश गरी स्थानियले लगायका बाली नाली सखाप पार्नुका साथै मानबिय क्षती समेत पुर्याउने गरेको छ ।
जसको नियन्त्रण समन्धित निकाय मौन देखिन्छ ।