वाल्मीकि जनकल्याणमा युवा क्लबमा पाण्डे
श्याम थापा –
सुस्ता १७ माघ । पश्चिम नवलपरासी सुस्ता २ को महलबारीमा रहेको वाल्मीकि जनकल्याण युवा क्लबको अध्यक्ष पदमा बासुदेव पाण्डे (सन्तोष)चयन हुनु भएको छ । सुस्ता गाउँपालिका वार्ड न २ महलबारीमा भएको वाल्मीकि जनकल्याण युवा क्लबको १५ औ बार्षिक साधारण सभा तथा ९ औं अधिवेशनको भेलाले बासुदेव पाण्डे (सन्तोष)लाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको हो ।
जसको उपाध्यक्ष पदमा खेमलाल अधिकारी,कोषाध्यक्ष पदमा शालिकराम पाठक,सचिव पदमा रमेश पाण्डे,सहसचिव पदमा दिपक न्यौपाने, र सदस्य पदहरुमा केशव ज्ञवाली,धना आर्याल,राजु भट्टराई,रेनु अधिकारी,रेनुका न्यौपाने,बिष्णु पाण्डे,मधु अर्याल र शोभा गैरे चयन हुनु भएको छ ।
क्लबका अध्यक्ष दामोदर पाण्डे (निर्मल)को अध्यक्षयतामा र सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयको प्रमुख अतिथ्यतामा भएको सभा तथा अधिवेशन कार्यक्रममा क्लबका कोषाध्यक्ष खेमलाल अधिकारीले आर्थिक बर्ष ०७६/०७७ को लेखा प्रतिबेदन पेश गर्दै क्लबले कुल २५ लाख ८६ हजार १ सय ९६ रुपैया बराबरको कारोबार गरेको बताउनु भयो ।
क्लबका अध्यक्ष पाण्डेले क्लबको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै क्लब आर्थिक रूपले सब्बल हुदै क्लबले एम्बुलेन्स सेवा संचालन,आफ्नै खेल मैदान र आफ्नै क्लब भवन रहेको जानकारी गराउनु भयो ।
सो सभा तथा अधिवेशन कार्यक्रममा संस्थापक अध्यक्ष एवं क्लबका सल्लाहकार शिव गैरेले देउसी भैलो खेलेर २०६१ सालमा स्थापना गरेर सामाजिक रूपमा कार्यहरु गरि अघि बढेको र क्लब सेवामुलक मात्र नभई आयमुल्क तर्फ पनि बढाउन पर्ने आवश्यक देखिएको सुझाव व्यक्त गर्नु भएको छ ।
अतिथिको रूपमा रहनु भएको क्लबका पुर्व अध्यक्ष एवं सल्लाहकार सदस्य सागरमणी पाण्डेयले अब क्लबले स्थानीय तहसंग समन्वय गरि विभिन्न सामाजिक काम गर्नुपर्ने र क्लबको थप उचाई बढाउनु पर्ने सुझाव व्यक्त गर्नु भएको थियो ।
सभा तथा अधिवेशन कार्यक्रमलाई उद्द्घाटन गर्दै प्रमुख अतिथी एवं सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले अनेकतामा भन्दा एकता बल हुनु र यहि क्लबकै कारणले आज म गाउँपालिकाको अध्यक्ष पदमा पुग्ने अवसर पाए आफू ५ पटक क्लबका पुर्व सचिव पदमा रहेर काम गर्दा त्यतिखेर काम गर्न एक किसिमको चुनौती रहेको थियो भने यतिखेर स्थानीय तहमा आफू हुदा वाल्मीकि जनकल्याण युवा क्लबले मात्र नभई सुस्ता गाउँपालिकाको सम्पुर्ण युवा क्लब तथा आमा समुहले आफू र आफ्नो गाउँपालिका संग सहकार्य गरेर सामाजिक कार्यलाई तिब्रता ल्याउनु पर्ने र सुस्ता गाउँपालिकाले युवाहरुको मध्यनजर गर्दै युवा तथा खेलकुद एवं युवा ब्यवसायी जस्ता कार्यक्रमहरु संचालनमा ल्याएको र ती कार्यक्रमहरुलाई क्लबले नेतृत्व गरि अघि बढ्नु पर्ने उहाँले बताउनु भयो । भने सभा तथा अधिवेशन कार्यक्रमको संचालन क्लबका सचिव ईश्वर प्रसाद उपाध्यायले गर्नु भएको थियो ।
