जाडो सकिने बेला प्रहरीलाई न्यानो कपडा




कावासोती । जाडो सकिन १ महिना मात्र बाँकी छँदा प्रहरीलाई न्यानो कपडा वितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरमा कार्यरत नवलपुरका १ सय ८८ जना प्रहरीलाई न्यानो कपडा अर्थात १/१ जोर ट्रयाक सुट वितरण गरिएको हो ।




कार्यसम्पादन सम्झौता–२०७७ मा उल्लेख भए अनुरुपको ‘हामी सबै सँगसँगै’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा कार्यरत सबै दर्जाका गरी जम्मा १ सय ८८ जना प्रहरी कर्मचारीहरुलाई १(एक) जोर ट्रयाक सुट उपलब्ध गराईएको नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।



सम्बन्धित
Loading...