देवचुली ५ मा जेष्ठ नागरिकलाई न्यानाे कपडा वितरण




देवचुली नगरपालिका वडा नं ५ मा जेष्ठ बाआमालाई न्यानो कपडा वितरण गरिएको छ ।

आइतबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि करिब १ सय १० जना बाआमालाई न्यानो कपडा वितरण गरिएको हो ।




आर्थिक बर्ष २०७७/०७८ को जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत १ लाख बजेटबाट न्यानो कपडा वितरण गरेको हो ।

न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं ५ का वडाध्यक्ष शिवलाल सापकाेटाले वडामा बसोबास गर्ने जेष्ठ नागरिकलाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरिएको बताए ।

उक्त कार्यक्रममा ब्लाङ्केट वितरण गरिएको र आगामी दिनमा पनि वडामा यस्तै कार्यक्रम गर्दै जाने सापकाेटाले बताए। न्यानो कपडा पाएपछि वडाका जेष्ठ बाआमा खुसी देखिन्थे ।

कार्यक्रममा देवचुली ५ का वडाध्यक्ष शिवलाल सापकाेटा अध्यक्षता रहेको थियो भने वडासचिव, वडासदस्य, जेष्ठ नागरिक लगायतको उपस्थिती रहेको थियो ।



सम्बन्धित
Loading...