कावासोती सहित नवलपुरमा स्वास्थ्य बीमा हुँदै




नवलपुर , माघ २० । नेपाल सरकार स्वास्थय बिमा बोर्डले नेपालका ७७ वटै जिल्लामा स्वास्थय बिमाका कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । सोही क्रममा नवलपुरमा पनि स्वास्थ्य विमा कार्यक्रम लागू गर्न लागिएको हो । स्वास्थ्य बीमा सम्बन्धि स्थानीय तहका सरोकारवालाको लागि आज नवलपुरको कावासोतीमा १ दिने अभिमुखिकरण कार्यक्रम गरिएकोा छ ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा कावासोती नगरपालिकाका १७ वटै वडाका सचिव, नगरपालिका भित्रका स्वास्थय क्षेत्रमा कारर्यरत स्वास्थयकर्मी, नगरपालिकाका कर्मचारीबीच १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कावासोती नगरपालिकामा दर्ता सहयोगी छनोट गरेर मंगलबारबाटै स्वास्थय विमाको काम अगाडि बढाएको कावासोती स्वास्थय साखाका प्रमुख कृष्ण प्रसाद नागिलाले बताउनुभयो ।




माघ महिनादेखि सुरुवात गरेर फागुन र चैत्रसम्म स्वास्थ्य वीमाको दायरामा ल्यायी जेठदेखि बीमीतलाई सहुलिएत प्रदान गर्ने नगर स्वास्थ्यप्रमुख नागिलाले जानकारी दिनुभयो । स्वविमा व्यक्तिमा नभई परिवारमा आधारी रहेको नगर स्वास्थप्रमुख नागिलाले जानकारी दिनु भएको छ । एक परिवारले प्रति वर्ष ३५ सय लगानि गरे बापत एक वर्षमा एक लाख स्वास्थ्य खर्च निःशुल्क रुपमा पाउने छन् ।

५ जना सम्मको परिवारले १ लाख सम्म र सो भन्दा वढि सदस्य रहेका परिवारले प्रति व्यक्ति २० हजारका दरले वढि र अधिकतम सेवा पाउने छन् । बीमा वापत ५ जनासम्मको परिवारले वार्षिक ३५ सय र सो भन्दा वढि भए प्रति थप परिवार ७ सय थप तिनुपर्नेछ । नगरपालिकामा सम्पन्न स्वास्थ्य वीमा अभिमुखिकरण कार्यक्रममा नगरशिक्षा अधिकारी क्षेत्रबहादूर भण्डारी, स्वास्थय विमा गण्डकी प्रदेश संयोजक जिवलाल खरेल, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख केशव चापागाई लगाएको उपस्थिती रहेको थियो ।

यसअघि गैंडाकोट नगरपालिकाका स्वास्थ्य बीमा सम्बन्धि स्थानीय तहका सरोकारवालाको लागि १ दिने अभिमुखिकरण गरिएको थियो ।

https://www.youtube.com/watch?v=P5-ML3zHvk8



सम्बन्धित
Loading...