नेकपा (प्रचण्ड–नेपाल) समूहको आमहड्तालको पूर्वसन्धयामा नवलपुरका विभिन्न स्थानमा राँके जुलुस




कावासोती । नेकपा (प्रचण्ड–नेपाल) समूहले विहीबार आव्हान गरेको आमहड्तालको पूर्वसन्धयामा नवलपुरका विभिन्न स्थानमा राँके जुलुस निकालिएको छ ।

बुधबार नवलपुरको गैडाकोट, अमरापुरी, दलदले, रजहर चोक, डण्डा, दुम्किबास, डेढगाउँ र हुप्सेकोटमा राँके जुलुस निकालिएको नेकपा नवलपुरका सचिव मित्र शरण शर्माले जानकारी दिए ।




उनका अनुसार गैडाकोटमा मित्र शरण शर्मा, अमरापुरीमा श्यामसुन्दर लामिछाने, दलदलेमा बालकृष्ण रानाभाट, रजहर चोकमा सूर्य न्यौपाने, डण्डामा चेतनाथ पोख्रेल, दुम्किबासमा कृष्ण पाण्डे, हुप्सेकोटमा चन्द्रबहादुर थापा र डेडगाउँमा टंक पुलामीको नेतृत्वमा राँके जुलुस निकालिएको थियो ।

नेकपा (प्रचण्ड–नेपाल) समूहले विहीबार संवैधानिक पदमा गरिएको नियुक्ति, संसद विघटन लगायतको विरोधमा आमहड्ताल गर्न लागेको जनाएको छ । विहान ५ बजेदेखि साँझ ५ बजेसम्म हड्तालको कार्यक्रम रहने जनाइएको छ ।

https://www.youtube.com/watch?v=7cp2R1odAbA



सम्बन्धित
Loading...