कावासोतीमा माछापुच्छे बैंकले शाखा रहित बैंकिंग सेवा बिस्तार


माघ २१ माछापुच्छ्रे बैकले  शाखा रहित बैंकिंग सेवा विस्तार गरेको छ । कावासाेति नगरपालिका वडा नम्बर १५ मा माछापुच्छे बैंक लिमिटेडले १५३ औं शाखा रहित बैंकिंग सेवा बिस्तार गरेको कावासोतीका शाखा प्रबन्धक शेषराज पोखरेलले जानकारी दिए।

सेवा सुरुवातका अवसरमा कावासाेति नगरपालिकाका उप मेयर प्रेम शंकर मर्दनिया समेत उपस्थित थिए।       

उपप्रमुखले कार्यक्रममा बैंक तथा वित्तीय संस्थाले पर्यटन र कृषिको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने सुझाव दिए।



यो संगै बैंक तथा वित्तीय संस्थाले घर घरमा पुगेर वित्तीय साक्षरता प्रधान गर्न पनि उनले आग्रह गरे। उप प्रमुख मर्दनियाले नगरले सामाजिक सुरक्षा भत्ता समेत बैकका सेवा केन्द्र मार्फत वितरण गर्दै नगरबासिलाई सुविधा दिने बताउनु भयाे ।

कार्यक्रममा नेपाल उधाेग बाणिज्य महासंघ गण्डकी प्रदेश उपाध्यक्ष अाेम प्रसाद पाैडेलले बैकहरुले  शाखा रहित बैक मार्फत ग्रामिण क्षेत्रमा पुर्याएकाे याेगदानकाे खुलेरै प्रशंसा गर्नभयाे । उहाले गाउँ घरमा रहेका व्याक्तिलाई बैकिङ सेवा सग जाेड्दै बचत र उधमशिलता तर्फ लाग्न उत्प्रेरित गरेकाे बताउनु भयाे ।

उद्धाटन कार्यक्रममा कावासाेति नगरपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी, नवलपुर उधाेग बाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पाेखरेल, नवलपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति उपाध्यक्ष शाेभित शर्मा , कावासाेति नगरपालिका १५ न वडा अध्यक्ष देव नारायण महताे , १७ न अध्यक्ष छविलाल महताे, अमलटारि मध्यवर्तीका अध्यक्ष केदारनाथ घिमिरे सहित स्थानिय संघ सस्थाका प्रमुख एवम् प्रतिनिधिहरुकाे सहभागिता रहेको थियाे ।

कावासाेति १५ मा खाेलिएकाे व्यावसायिक प्रतिनिधि रिङ्कु देवि पाेखरेल रहेकि छन । कावासोती शाखाको मातहतमा ७ वटा शाखा रहित बैंकिंग सेवा  संचालनमा रहेको बैंकले जनाएको छ।



सम्बन्धित
Loading...