अरूणखाेलाका सापकाेटलाइ पाेल्याण्डमा सफलता
पोल्याण्डको गैरआवासीय नेपाली संघका अध्यक्ष समेत रहेका नरेश सापकोटाले सञ्चालन गर्दै आएको स्नेहाज टच अफ इण्डियाले ‘सर्वोत्कृष्ट रेस्टुरेन्ट–२०२०’ अवार्ड प्राप्त गरेको छ।
पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनि (pyszne.pl) ले wojewoda todzki अवार्ड प्रदान गरेको हो । नेदरल्याण्डको बहुचर्चित यो कम्पनीले यहाँका ८ सय रेष्टुराँ मध्यबाट ५ वटा र त्यसपछि सापकोटाको उक्त रेष्टुराँलाई पहिलो नम्बरमा छानेको हो । यसले आफ्ना ग्राहकसँग खानाको गुणस्तर,सेवा,विक्री र ग्राहकको सन्तुष्टिका बारेमा सर्वेक्षण गरेर त्यही आधारमा उत्कृष्ट रेष्टुराँको वर्गिकरण गर्छ।
अत्याधुनिक प्रविधि प्रयोग गरेर खोलिएको उक्त रेष्टुराँको मुख्य ग्राहक यहाँका पोलिस नागरिक नै हुन । करिब ५ प्रतिशत ग्राहक नेपाली र भारतीय पनि छन्।
यो प्रतियोगिता प्रत्येक वर्ष हुने गर्छ । नवलपरासीको आरुङखोलाका सापकोटा विगत १६ वर्षदेखि सपरिवार सहित पोल्याण्डमा बस्दै आएका छन् । सापकाेटा सन् २०१५ देखि रेष्टुराँ क्षेत्रमा आवद्व छन्।