चितवन केरा उत्पादक संघको अध्यक्षमा घिमिरे




रत्ननगर । चितवन केरा उत्पादक संघको अध्यक्षमा माधव प्रसाद घिमिरे चयन भएका छन ।

संघको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको हो ।




समितिको बरिष्ठ उपाध्यक्षमा फडिन्द्र लामिछाने,उपाध्यक्षमा शंकर प्रसाद सुबेदी,महासचिवमा जनकराज पन्त,सचिवमा विबेक दाहाल र कोषाध्यक्षमा टंक लामिछाने चयन भएका छन् ।

समितिको सदस्यहरुमा विष्णु भट्टराई,चिरञ्जीवि सापकोटा,ऋषिराम गुरुङ,सरस्वती भन्ताना,महेन्द्र सेन ढकुरी,टीकाराम खतिवडा तथा मनोनित सदस्यमा रामचन्द्र दुवाडी र विनु शाही चयन भएका छन् ।

संघको लेखा समिति संयोजकमा पुण्यप्रसाद देवकोटा र सदस्यहरुमा दीपबहादुर भण्डारी र कपिल ढकाल चयन भएका छन ।

संघको साधारण सभा तथा अधिवेशनको उद्घाटन माघ १७ गते रत्ननगरमा भएको थियो । केरा व्यवसायी किसानहरु बीच सहमती जुटाएर शुक्रवार संघको निर्विरोध कार्यसमिति चयन गरिएको महासचिव जनकराज पन्तले जानकारी दिए ।



सम्बन्धित
Loading...