चोरीका ५ थान मोटरसाइकल सहित ५ जना पक्राउ
परासी । पश्चिम नवलपरासी प्रहरीले चोरीको मोटरसाइकल सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको अनुसार रामग्राम नगरपालिका १४ बाट २ वटा मोटरसाइकल सहित २ जना, बर्दघाट नगरपालिकाबाट ३ वटा मोटरसाइकल सहित ३ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले ५ वटा चोरीको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुलाई प्रहरीले चोरी मुद्दामा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाएको जनाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।
https://www.youtube.com/watch?v=_rVa1KzWUy4
