नवलपुरका पत्रकारलाई पोषण सम्वन्धि र खाद्यमा हुने बिषादीकाको असरबारे प्रशिक्षण


२३ माघ, नवलपुरः



नवलपुरका क्रियाशिल पत्रकारले पोषण सम्वन्धि र खाद्यमा हुने बिषादीको बारेमा प्रशिक्षण लिएका छन् । शुक्रवार स्वास्थ्य कार्यालयको आयोजनामा कावासोतीमा बिषादीरहित खाद्य तथा पोषण प्रवद्र्धन सम्वन्धी अभिमुखीकरण भएको हो ।

अभिमुखीकरणमा सहजीकरण स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले र कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले गरेका थिए ।




स्वास्थ्य प्रमुख चापागाईले स्वास्थ्य, पोषणअन्तर्गतको विषयकेन्द्रित प्रस्तुति राखेका थिए भने लामिछानेले दैनिक उपभोग्य खाद्यबस्तु तथा खाद्य उत्पादनमा प्रयोग हुने बिषादीको कारण स्वास्थ्यमा पर्ने गम्भीर असरका बारेमा प्रष्ट्याएका थिए ।

सहभागीलाई अभिमुखीकरणका प्रशिक्षकहरुले विषादीरहित कृषि उत्पादनलाई वढावा गर्दै लैजान जोड दिएका छन् । बिषादी हालिएको कृषि उत्पादनको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने हुदा यसको विकल्पमा कृषि वाली–नालीमा जैविक–रसादीको प्रयोग बढाउनु उत्तम हुने बताए ।

पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका तथ्याङ्क सहायक शिवशरण पराजुलीले गरेका थिए ।

https://www.youtube.com/watch?v=0mwTlGxOBlM



सम्बन्धित
Loading...