लागुऔषध सहित २० बर्षमुनिका ६ जना पक्राउ


२५ माघ, नवलपुरः



file photo:




नवलपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।नवलपुरको अरुणखोलाबाट प्रहरीले लागु औषध सहित २ जनालाई पक्रेको हो भने दुम्किबासको ज्यामिरेवाट ४ जनालाई समातेको प्रहरीले जनाएको छ ।

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत मध्यबिन्दु नगरपालिका वडा नं. १० स्थित अरुणखोलामा नियमित चेकजाँचमा बसेको प्रहरीको टोलीले लागुऔषध सहित २ जना किशोरलाई शनिवार नियन्त्रणमा लिएको हो ।मोटरसाईकलमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेका रुपन्देहीको गल्लामण्डीका १८ बर्षका २ जना किशोरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

लु ३९ प ७४८० नं. को मोटरसाईकलमा आएका बिसु गुरुङ र शिवशंकर कहार भनिने राहुल कहार पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित औषधि ओनेरक्स ४० बोतल फेला पारेको हो ।

यस्तै, शनिवारै प्रहरीले २० बर्षका १ जना र १८ बर्षका ३ जना किशोरलाई विनयी–त्रिवेणी–२ ज्यामिरेबाट लागुऔषध सहित पक्रेको थियो । उनीहरु पनि सवारी चेकजाँचका क्रममा पक्राउ परेका हुन् ।

पक्राउ पर्ने चारै जना वसमा सवार थिए । लु १ ख ७८९५ नं.को गाडीमा सवार रामग्राम नगरपालिका १५ का २० बर्षीय ईजहार मियाका साथबाट ओनेरेक्स १४ बोतल, ओनारेक्स २६ बोतल, स्पाष्मो ८ ट्याब्लेट र नाईट्राभेट २४ ट्याब्लेट लागु औषध बरामद गरेको थियो ।

यसैगरी, लु १ ख ९२७३ नं. को वसमा यात्रा गरेका पोखरा महानगरपालिका वडा नं. १२ का १८ बर्षीय ३ जना किशोर निशान गुरुङ, शुसान्त थोकर र मनिस मगरका साथबाट प्रहरीले लागु औषध डाईजापाम, नुफ्रिन र फेनेरागन १ सय ४७ एम्पुल फेला पारेको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...