नवलपुरमा १ सय ५३ जनाले निशुल्क स्थायी बन्ध्याकरण सेवा लिए





नवलपुर । बुलिङटारमा आईतवार भएको निशुल्क स्थायी बन्ध्याकरणमा पनि पुरुषले मात्रै परिवार नियोजनको सेवा लिएका छन् । पहाडी गाउँपालिका बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा ५ जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका हुन् ।

यस्तै, शिविरमा आएका मध्ये ११ जना महिलाले अस्थायी साधन ईम्प्लाण्ट सेवा लिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका परिवार नियोजन सुपरभाईजर बीरबहादुर श्रेष्ठका अनुसार ५ जना महिलाले यसअघि प्रयोग गरेको अस्थायी साधन शिविरमा पुगेका स्वास्थ्यकर्मीको सहायताले निकाल्ने सेवा लिएका छन् ।




अहिलेसम्म १ सय ५३ जनाले निशुल्क स्थायी बन्ध्याकरण सेवा लिएका छन् । ८२ जना पुरुषले भ्यासेक्टोमी र ७१ जना महिलाले मिनील्याप सेवा लिएका छन् । अव अर्को शिविर मंगलवार बुलिङटारकै कोटथर स्वास्थ्य चौकीमा हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।




सम्बन्धित
Loading...