देवचुली नगरपालिका स्वास्थ्यकर्मीहरुलाई अनसाइट कोचिङ

72







देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ६ मा स्वास्थ्यकर्मीहरुको लागि अनसाइट कोचिङ तालिम दिइएको छ ।


सुआहारा नेपालको प्राविधिक सहयोग र देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सो तालिम प्रदान गरिएको हो ।

देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले देवचुली नगरपालिका भित्रका दुम्कौली प्राथामिक स्वास्थ्य केन्द्र(दुम्कौली), प्रगतिनगर स्वास्थ्य चौकी(प्रगतिनगर), रजहर स्वास्थ्य चौकी(फारम) र आईतबार देवचुली स्वास्थ्य चौकी(रामबास) गरि ४ वटै स्वास्थ्य चौकीमा अनसाइट कोचिङ तालिम सम्पन्न भएको बताए ।

तालिममा देवचुली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत शिव पराजुली र देवचुली स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।


You might also like
Loading...