अवैध रुपमा भित्र्याईएका ४ लाख बढिका समान प्रहरी नियन्त्रणमा




पश्चिम नवलपरासी प्रहरीले जिल्लाका विभिन्न स्थानमा भन्सार छली ल्याईएका ४ लाख बढी मुू बराबरका समान बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा भित्र्याईएका चार लाख १६ हजार रुपैयाँ बराबरका सामाग्रि पक्राउ गरी भन्सार कार्यालय महेसपुर पठाईएको प्रहरीले जनाएको छ । बर्दघाटको बसपार्क नजिकैबाट १ लाख ३९ हजार रुपैयाँ बराबरको समान ईलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको छ ।




जस्मा कपडा, बिजुलीका बल्ब लगाएका सामग्री छन् । त्यस्तै पाल्हीनन्दन गाँउपालीका वडा नम्बर २ गोपालपुरबाट प्रहरील्े २ लाख ४० हजार बराबरको अवैध रुपमा भित्र्याईएका समान बरामद गरेको छ । जसमा कुर्ता र ओखल लगायतका सामग्री रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

मोटरसाईलकमा राखि ल्याउने क्रममा ति समान छाडेर उनिहरु भागेको प्रहरीको भनाई छ । यसैगरी रामग्रामको हकुईमा प्रहरी चौकि तोनवाबाट खटिएको टोलीले २ सय किलोग्राम माछा बरामद गरेको छ । जस्को मुल्य ३६ हजार बराबर रहेको र आजै स्थानियको रोहबरमा नष्ट गरिएको लामाले जानकारी दिए।

https://www.youtube.com/watch?v=MTCMxQABBhk&t=3s



सम्बन्धित
Loading...