गैडाकाेटमा घरायसी विवादमा कुटपिट हुँदा ५ जना घाईते
नवलपुर । पूर्वी नवलपरासीकाे गैडाकाेट नगरपालिका १२ माेतिपुरमा दुई पक्ष बीच कुुटाकुट हुँदा ५ जना घाईते भएका छन् ।
गैडाकाेट प्रहरीका अनुसार माेतिपुर निवासी आशिष बरालीकाे टाेली र साेही स्थानका ३२ बर्षीय हाेमबहादुर विककाे टाेलीबीच झगडा भएकाे हाे ।
कुटपिटमा परी १७ बर्षीय गम्भीर विरकट्टा गम्भीर घाईते भएका छन् । उनकाे टाउकाेमा चाेट लागेकाे छ ।
त्यसैगरी २१ बर्षीय तुल्सन बरालककाे आँखा, हात र ढाडमा चाेट लागेकाे छ ।
त्यसैगरी २९ बर्षीय भुवन बरालकाे टाउकाेमा चाेट लागेकाे प्रहरीले जनाएकाे छ ।
२३ बर्षीय सन्ताेष थापा र ३२ बर्षीय हाेमबहादुर विककाे अवस्था सामान्य रहेकाे छ ।
कुटपिटमा सम्लग्न आशिष बराली र २४ बर्षीय प्रभु सुनारलाई प्रहरीले नियन्त्रणमा लिएकाेे छ भने अन्यकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
