जनयुद्ध दिवसमा लुम्बिनी प्रदेश भयो क्रान्तिकारी माओवादीमय



रवि पाण्डेय/टेक मास्की
बुटवल १ फागुन – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) देशैभर जनयुद्ध दिवस मनाएको छ । सोही क्रममा लुम्बिनी प्रदेशका बिभिन्न स्थानमा दिवस मनाइएको खबर प्राप्त भएको छ । सो पार्टीले भैरहवा, नेपालगन्ज, दाङको घोराही, प्युठान, अर्घाखाँची, गुल्मीमा कार्यक्रम गरी मनाइएको हो ।
रुपन्देही,कपिलवस्तु र पश्चिम नवलपरासीको संयुक्त आयोजनामा शनिवार भैरहवामा २६ औं जनयुद्ध दिवस मनाइएको छ ।
पार्टीले रातो युवा मार्चपाससहित जनयुद्ध दिवस मनाइएको हो ।
भैरहवाको बुद्धचोकमा आयोजित कार्यक्रममा बोल्दैं पार्टीका पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले जनयुद्धका अधुरा कामलाई आफुहरुले पुरा गर्नका लागि संघर्षलाई निरन्तरता दिएको बताए । उनले पुष ५ को घट्नाबाट मुलुकमा संकट गहिरिएको भन्दैं निर्वाचन वा संसदपुर्नस्थापनाले समस्याको निकास नदिने जिकिर गरे ।
पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका सुवेदीले मुलुकमा संसदीय व्यवस्था,संविधान र राज्यसक्ता नैं असफल हुंदैं गएको दावी गदैं संघीय जनगणतन्त्रका लागि आन्दोलनको विकल्प नभएको बताए ।
अर्का पोलिटव्यूरो सदस्य धनेश्वर पोख्रेलले जनयुद्ध पुरा नहुंदैं नेतृत्वले धोका दिएकाले त्यसलाई पुरा गर्न आफुहरु लागिपरेको बताए ।
केपी ओलीको राजावादी र प्रचण्डको यथास्थितिवादी सोचबाट मुलुकले निकास पाउंन नसक्ने भन्दैं उनले नयां जनवादी क्रान्ति हुंदैं वैज्ञानिक समाजवादमा जानुपर्नेमा जोड दिए ।
पार्टीका केन्द्रीय सदस्य पिताम्बर आचार्यले पुरानो सत्ता खारेज गरि नयां राज्य सत्ता स्थापनाका लागि आफुहरु फेरी हतियार उठाउंन पछि नपर्ने चेतावनी दिए ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका केन्द्रीय सदस्य टिपु सुल्तान,क्रान्तिकारी युवा लिगका केन्द्रीय सदस्य प्रगति राना,पार्टी,रुपन्देहीका सेक्रेटरी बिनोद मरासिनी ,कपिलवस्तुका सेक्रेटरी आकाश लगायतले बोल्दैं विद्धमान प्रतिक्रियावादी राज्यसत्तालाई छिटो अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम पश्चिम नवलपरासीका सेक्रेटरी छबि खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम पूर्व सो पार्टीले भैरहवाको देवकोटाचोकबाट युवाहरुको रातो मार्चपाससहित ¥याली निकाली भैरहवा बजार परिक्रमा पश्यात बर्मेलीटोलको बुद्धचोमा आएर विरोध सभामा परिणत भएको थियो ।
नेपालगंजमा भएको कार्यक्रममा पोलिटब्युरो सदस्य केबी गुरुंगले संसदीय ब्यवस्थाको अबधि पुगेकोले यसलाई धक्का दिनुपर्ने बताए ।
त्यस्तै अर्का पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले संसदवादीहरुबीच चलेको रोइलोले क्रान्तिकारी पंक्तिलाई उत्साहित बनाएको बताए ।
कार्यक्रममा बाँके बर्दिया ईञ्चार्ज तेजबिक्रम शाही बाँके सेक्रेटरी सुरेश वली बर्दिया सेक्रेटरी बिपिन रोका देजमोका प्रदेश सहसचिव बिक्रम भण्डारीलगायतले मन्तब्य राखेका थिए ।



सम्बन्धित
Loading...