पत्रकार महासंघ पश्चिम नवलपरासी ऊत्कृष्ट शाखाको रुपमा सम्मानित
दाङ, पत्रकार महासंघ पश्चिम नवलपरासी ऊत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गतको शितगँगा नगरपालिकामा भएको पत्रकार महासंघ लुम्बिनी प्रदेशको साधारण सभामा प्रदेशको उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शाखा अध्यक्ष हरि शर्मालाई दोसल्ला ओढाई सम्मान पत्रसहित सम्मान गरेका थिए।
आम संचारकर्मी, संचार क्षेत्र, पत्रकार महासंघको सुदृढीकरण र पत्रकारीताको विकासमा पश्चिम नवलपरासी शाखाले महत्वपुर्ण योगदाव पु¥याएको भन्दै सम्मानित गरीएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सम्मानित सबैमा बधाई ज्ञापन गर्दै सहिलाई खुलेर प्रशंसा र गलतलाई खुलेर आलोचना गर्न आग्रह गरे।
