संसद विघटन विरूद्ध कावासाेतीमा विराेध सभा


३ फागुन , नवलपुर ।
प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रतिनिधि सभा पुनः स्थापनाको माग सहित निरन्तर आन्दोलन गर्दै आईरहेको नेपाली काङ्ग्रेसले सोमबार आफ्नो तेस्रो चरणको आन्दोलन अन्तर्गत देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ ।
यसै बिच नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीको आयोजनामा सोमबार जिल्ला सदरमुकाम कावासोतीमा विरोध प्रदर्शन गरिएको छ ।
विरोध सभामा नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीका सभापति विष्णु लामिछानेको सभाध्यक्षता रहेको थियो भने केन्द्रिय सदस्य धनराज गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारी ३ करोड जनताको अभिभावक बन्न नसकेको आरोप लगाएका छन् ।
गुरुङले राष्ट्रपति भण्डारीलाई जनताको अभिभावक बन्नु पर्ने ठाउँमा केपी ओलीको मात्र अभिभावक बनेर वसेको आरोप लगाए ।
राष्ट्रपतिको मर्यादा राख्नु पर्छ भन्दा जेलमा जानुपर्छ भने आफु जेल जान पनि तयार भएको तर मुख बन्द गरेर बस्न नसकिने गुरुङले बताए ।
विरोध सभा अघि कावासोतीको खुल्ला मैदानबाट सुरु भएको ¥याली फलफुल चोक , विपि चोक , इन्द्रचोक थाना चोक हुदै पुनः खुल्ला मैदानमा आएर सभामा परिणत भएको थियो ।
विरोध सभामा जिल्ला स्तरका नेताहरुको विशेष उपस्थिति रहेको थियो ।



सम्बन्धित
Loading...