नेपाल पत्रकार महासंघको प्रदेश साधारणसभामा क्रान्तिकारी पत्रकार महासंघलाई वायस गरिएकोमा आपति प्रकट

बुटवल ः जनपक्षीय पत्रकारहरुको साझा संस्था क्रान्तिकारी पत्रकार महासघ रुपन्देहीले रणनैतिक संयुक्त मोर्चाको फागुन ६ गतेको कार्यक्रममा प्रचारकर्ताको भुमिका गर्ने भएको छ ।
महासंघको बुटवलमा भएको छलफलमा प्रचारकर्ताको रुपमा महासंघले भुमिका गर्ने भएको जिल्ला सचिव मानबहादुर केसीले बताए ।
कार्यक्रममा नेकपा( क्रान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य तथा प्रदेश ईञ्चार्ज प्रेम सुवेदीले पत्रकारहरुले जनपक्षीय पत्रकारिताको मिसनलाई छोड्न नहुने बताए ।
उनले जनतालाई सही सूचना दिने प्रचारकर्ताको रुपमा क्रान्तिकारी पत्रकारले भुमिका खेल्नुपर्ने बताए ।
छलफलमा क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य पिताम्बर आचार्य, जिल्ला सेक्रेटरी बिनोद मरासिनी, क्रािन्तकारी पत्रकार महासंघका कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेय लगायत सहभागी भएका थिए ।
छलफलमा नेपाल पत्रकार महासंघको भालुवाङमा भएको प्रदेश साधारणसभामा क्रान्तिकारी पत्रकार महासंघलाई वायस गरेको भन्दै खेद प्रकट गरिएको संयोजक पाण्डेयले जानकारी दिए ।
सो क्रममा क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संघ र मुद्दा मिल्ने पत्रकार संघसंगठन बीच चुनावी मोर्चाबन्दी गर्ने बिषयमा अन्तरक्रिया गरिएको थियो ।