महेषपुर भन्सारमा पछिल्लो सात महिनामा झण्डै २० करोड राजश्व संकलन




रामकरण हरिजन –
नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयमा २०७७ साल साउनदेखि माघ सम्म १९ करोड ८६ लाख ६० हजार ४ सय ९२ रुपैयाँ राजश्व संकलन भएको छ ।

माघ महिनाको मात्रै ३५ लाख २३ हजार चार सय बीस रुपैया राजश्व भन्सार कार्यालयले संकलन गरेको छ ।




०७७ सालदेखि माघसम्मको पैठारी भन्सार महसुल ९ करोड २८ लाख ८२ हजार ६ सय ९१ रुपैयाँ, कृषि सुधार शुल्क २ करोड ६१ लाख ९७ हजार एक सय ६७ रुपैयाँ, पैठारी भन्सार सेवा दस्तुर ९ लाख १५ हजार, सरकारी सम्पतीको विक्रिबाट ४१ लाख १० हजार ३ सय २३ रुपैया र अन्य प्रशासनिक सेवा शुल्क ३८ हजार राजश्व संकलन भएको भन्सार अधिकृत रामप्रसाद अर्यालले बताए ।

त्यसैगरी भन्सारतर्फ १२ करोड ३१ लाख ४३ हजार एक सय ९५ रुपैयाँ, पैठारी अन्त शुल्क ३६ लाख ८२ हजार दुई सय २० रुपैया, मूल्य अभिवृदि कर ६७ लाख ४३ हजार पांच सय २४ रुपैयाँ, आयकर ३४ लाख ३९ हजार आठ सय ३५ रुपैया संकलन भएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले बरामद गरेको अवैध सामग्रीबाट लिलाम गरी माघ महिनामा मात्रै ६० लाख बराबरको आम्दानी उठेको हो ।
महेशपुर भन्सार कार्यालय वार्षिक १५ करोड ८१ लाख ९६ हजार राजश्व उठाउने लक्ष्य राखेकोमा पछिल्लो सात महिनामै लक्ष्य भन्दा बढी राजश्व उठेको भन्सार अधिकृत रामप्रसाद अर्यालले बताए ।

https://www.youtube.com/watch?v=RpPRN57IAm0



सम्बन्धित
Loading...