श्रीपञ्चमीको अवसरमा स्टार्स मन्टेश्वरी एकेडेमीले गर्यो बालबालिकालाई अक्षराम्भ
चितवन । स्टार्स मन्टेश्वरी एकेडेमीले बालबालिकाहरुलाई अक्षर आरम्भ गराएको छ । मंगलबार श्रीपञ्चमीको अवसर पारेर भरतपुर -११, मालपोतचोक स्थित मन्टेश्वरीमा अक्षराम्भ गराईएको हो ।
“जहाँबाट तपाईंका नानीबाबुको भविष्य निर्माणको पहिलो पाइला सुरु हुन्छ ” भन्ने मुल नाराका साथ स्थापना गरिएको मन्टेश्वरी नयांँ बालबालिकाहरुको बाक्लो सहभागिता रहेको मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाले जानकारी दिए ।
शान्त र पारिवारिक वातावरणमा बाल मनोविज्ञानद्धारा बालबालिकालाई खेल्दै सिकाउंँदै गरिने रानाले बताउनु भयो । यसका साथै मन्टेश्वरीमा बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेमका साथै स्वस्थ खाना तथा खाजाको व्यवस्था रहेको छ ।
यहाँ दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा पठनपाठन गरिने मन्टेश्वरीका प्राचार्य सोनी गुरुङ्गले जानकारी दिनुभयो । यहांँ प्लेग्रुप , टोडलर , नर्सरीदेखि युकेजी सम्मका कक्षाहरु सञ्चालनमा छन । २०६७ साल जेष्ठ मा सञ्चालनमा ल्याईएको मन्टेश्वरीले पोखरामा समेत सञ्चालनमा छ ।