कावासोती जंगलमा विभत्स दुर्घटनाको उद्दार अभ्यास




नारायण पंगेनी –
कावासोती । पूर्व पश्चिम राजमार्गका मध्यभागमा पर्ने पूर्वी नवलपरासीपूर्व कावासोती जंगलमा एकाविहानै विहान ११ बजेतिर ठूलो दुर्घटना भएको सूचना आयो । सूचना आएको २ मिनेटमै जिल्ला प्रहरी कार्यालय नवलपुरको प्रहरी भ्यान घटनास्थल पुग्यो । प्रहरी भ्यान पुगे लगत्तै चार वटा एम्बुलेन्स पनि आइपुग्यो ।

राजमार्गमा बस र ट्रकको बीचमा मोटरसाइकल च्यापिएको देखिन्थ्यो । सडकमा दुई जना रक्तमुछेल अवस्थामा पल्टिएका थिए । बसका यात्रुहरु चिच्चाइरहेका थिए । एकाएक प्रहरीले उद्धार गरी घाइतेहरुलाई स्ट्रे्चरमा राखेर एम्बुलेन्समा चढाइरहेका थिए ।
घाइतेको उद्धार गर्न झण्डै १५ मिनेट लाग्यो । दुई जनाको घटनास्थलमा नै मृत्यु भएको र घाइतेको उद्धार गरी मध्यबिन्दु जिल्ला अस्पताल पठाइएको प्रहरीले घटनास्थलमै जानकारी दियो । तर यो सबै वास्ताविक दुर्घटना नभई प्रहरीले सडक दुर्घटना विपद् ब्यवस्थापनको नमुना अभ्यास गरेको थियो ।




गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयकै आयोजनामा प्रहरीले विपद ब्यवस्थापन कसरी गर्ने भनी नमुना अभ्यास गरिएको र यस्तो अभ्यास प्रदेशका सबै जिल्लामा भइरहेको गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्रायलका अधिकृत प्रकाशशरण ढुंगानाले बताए ।

पूर्वपश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्डमा सबै भन्दा बढी सवारी दुर्घटना हुने गरेको छ । सवारी दुर्घटना न्यूनिकरण गर्न विभिन्न किसिमको जनचेतनामुलक कार्यक्रम गर्दै आए पनि दुर्घटना भइसकेपछि उद्धार कसरी गर्ने भन्ने कुराको अभ्यास आवश्यक भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

घटना भइसकेपछि उद्धार गर्न ढिलाई गरिँदा पनि घाइतेको ज्यान जाने गरेको छ भने सहि तरिकाले उद्धार गरिएमा शरीरका अंगहरुमा हुने क्षति कम गर्न सकिन्छ ।

https://www.youtube.com/watch?v=nUrP3-Ao23M&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=6



सम्बन्धित
Loading...