‘विप्लव’ नेकपा सम्बद्ध शिक्षक संगठनका नेता भुसाल पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा सम्बद्ध शिक्षक संगठनका नेता भेषराज भुसाललाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ ।
विप्लव नेकपासहित चार पार्टी सम्मिलित रणनीतिक संयुक्त मोर्चाको बुटवलमा आयोजित जनसभामा सम्बोधन गरी फर्किदै गर्दा भुसाललाई प्रहरीले बुटवलको मिलनचोकबाट पक्राउ गरेको हो ।
माघ २९ गते काठमाडौंमा मोर्चा घोषणा गरिएपछि आज पहिलो पटक बुटवलमा संयुक्त सभा भएको हो।
मोर्चाको जनसभामा भुसालसहित नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, नेकपाका संयोजक ऋषि कट्टेल, वैज्ञानिक समाजवादी पार्टीका विश्व भक्त दुलाल आहुती, राष्ट्रिय जागरण मञ्चका गुणराज लोहनी लगायतले सम्बोधन गरेका थिए ।
https://www.youtube.com/watch?v=gCueTzsEtis&t=4s
