मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते


झापामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।



दुर्घटनामा परी मेचीनगर नगरपालिका १३, धाइजन बस्ने ३८ वर्षीय अनन्त आचार्यको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

मृतक आचार्य ग्लोबल आइएमइ बैंक, फिक्कल शाखाका प्रमुख हुन। दुर्घटनामा परी निधारमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा शनिबार विहान मृत्यु भएको हो।




प्रहरीका अनुसार मेचीनगर १३, चारआलीस्थित पूर्व,पश्चिम राजमार्गमा शुक्रबार बेलुका पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ११ प ४४७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियोे।



सम्बन्धित
Loading...