१६ ग्राम ब्राउनसुगरसहित झापामा चार पक्राउ


झापाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।



पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१ का २१ वर्षीय विजय आलेमगर, सोही ठाउँका १८ वर्षीय देव आलेमगर, २१ वर्षीय मनोज तामाङ र भारत किसनगञ्ज घर भई हाल विर्तामोड-५ बस्ने २० वर्षीय अभिकुमार रहेका छन्।

शुक्रबार उनीहरूलाई झापाका दुई अलग स्थानबाट ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।




सुरूमा विजयलाई प्रहरीले १५ ग्राम ब्राउनसुगरसहित अर्जुनधारा-११ बसपार्कबाट पक्राउ गरेको थियो।

उनको साथबाट लागुऔषध तौलने तराजुसमेत बरामद भएको थियो।

 

उनकै सूचनाका आधारमा अर्जुनधारा बसपार्कबाट १ ग्राम लागुऔषधसहित अन्य तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

चारै जना ब्राउनसुगरका कारोबारी रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको छ।



सम्बन्धित
Loading...