चितवनमा भित्रियो अत्याधुनिक धान रोप्ने मेसिन




रत्ननगर । खेतालाले छुपुछुपु धान रोप्ने पुरानो चलनलाई विस्थापित गर्न चितवनमा दुई अत्याधुनिक मेसिन भिœयाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाइ चितवनले रत्ननगरको बछौली र खैरहनीको कुमरोजका किसानहरुलाई लक्षित गरी धान रोप्ने मेसिन ल्याएको हो ।

साना किसान कृषि सहकारी संस्था बछौली र साना किसान कृषि सहकारी संस्था कुमरोजलाई ५० प्रतिशत अनुदानमा सरकारले धान रोप्ने मेसिन उपलब्ध गराएको हो । चितवनमा अहिलेसम्म तीनपाङ्ग्रे धान रोप्ने मेसिन २ वटा प्रयोगमा छ ।




भरतपुर महानगरपालिकाअन्तर्गत दिव्यनगरमा रहेको बृहस्पति आधुनिक कृषि फर्मले चारपाङ्ग्रे धान रोप्ने पुरानो मेसिन ल्याएको भए पनि त्यो अहिले प्रयोगमा छैन । झापाको महारानीझोडामा रहेको महिला सहकारीले चारपाङ्ग्रे धान रोप्ने मेसिन गत वर्ष असारमा प्रयोगमा ल्याएको थियो । झापापछि दोस्रोपटक चितवनमा दुईवटा चारपाङ्ग्रे धान रोप्ने मेसिन ल्याइएको परियोजनाका कृषि अधिकृत माधव पौडेलले जानकारी दिए ।



सम्बन्धित
Loading...