सिरहामा पाँच हजारले लगाए कोरोना विरुद्धको खोप


सिरहा । सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालित  खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा तीन हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप लगाएका हुन् ।



सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल  र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको  कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।  खोप लगाउनेमा स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी तथा निजामती कर्मचारी र जनप्रतिनिधि रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।



सम्बन्धित
Loading...