आमजनताको भावना बुझेर फैसला गर्न सर्वोच्चलाई गगन थापाको सुझाव




कावासोती । नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले संसद विघटनको मुद्दामा सर्वोच्चले आमजनताको भावना बुझेर फैसला गर्नु पर्नेमा जोड दिएका छन् ।

आइतबार पूर्वी नवलपरासीको हुप्सेकोटमा नेपाली काँग्रेसको आमसभालाई सम्बोद्धन गर्दै नेता थापाले प्रधानमन्त्री र उनको केही सीमित पक्षधर बाहेक सबैले संविधान विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनिरहेको बताउँदै उनले सर्वोच्चलाई आमजनताको भावना बुझेर फैसाला गर्न सुझाव दिएका हुन् ।




उनले नेपाली जनताले यति बेला सर्वोच्चका न्यायाधीशहरुको विवेकको परीक्षण गरिरहेको बताउँदै न्यायाधीशहरुले विवेक र साहस देखाउने बेला भएको बताए ।

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदको दुरुपयोग गरेर संसद पुनस्थापना नगर्नका लागि सर्वोच्चलाई धम्काएको आरोप समेत लगाए ।

आमसभामा नेपाल तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङ, नेविसंघ महामन्त्री युवराज पाण्डे, पूर्व सांसद महेन्द्र ध्वज जि सी, प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली, विष्णु लामिछाने, ओमकला गौतम, काङ्ग्रेस नवलपुरका जिल्ला नेताहरु चन्द्रबहादुर राना, विष्णुकुमार कार्की लगायतले सम्बोद्धन गरेका थिए ।



सम्बन्धित
Loading...