हेटौंडामा दुई सुमो आपस ठोक्किँदा ११ घाइते


हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।




बिहान हेटौंंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो।




जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंंडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको र  तिनको सामान्यावस्था छ।




सम्बन्धित
Loading...