लागूऔषध मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोकबाट पक्राउ


काभ्रेपलाञ्चोक । लागूऔषध मुद्दाका फरार प्रतिवादी राजीब भनिने २९ वर्षीय मणिराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।



रोशी गाउँपालिका ११ ठेगाना भएका श्रेष्ठलाई प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले सोही गाउँपालिका ११ स्थित लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।




जिल्ला अदालत भक्तपुरको २०७१ फागुन १९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।

उनलाई कैद तथा जरिवाना बेरुजू फर्छ्योटका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।



सम्बन्धित
Loading...