डोटीमा चितुवा आतंक
११ फागुन, डोटी । डोटीमा विगत एक हप्तादेखि चितुवाले आतंक मच्चाउन थालेको छ । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतंक मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।
स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेको छ । सोही वडाका खगेन्द्र बोगटीको गाईको बाच्छो, कलुदेवी बोगटीको गाई, शेरबहादुर बोगटीका चार बाख्रा र करी पार्कीका दुईवटा बाख्रा चितुवा मारेको उनले जानकारी दिए । उनले भने, “केही दिनयतादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ, हाम्रै गाउँमा आठ चौपाया मारिसक्यो ।”