अप्पर खुदी जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
बैंक अफ काठमाण्डू र सुपर खुदी जलविद्युत् कम्पनीबीच अप्पर खुदी जलविद्युत् आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा भएको छ ।
२१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत् आयोजनाको अनुमानित लागत ४ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
सुपर खुदी जलविद्युत्ले लमजुङ जिल्लाको मस्र्याङ्गदी गाउँपालिकामा उक्त जलविद्युत् आयोजनाको निर्माण कार्य गरीरहेको छ ।
बैंक अफ काठमाण्डूको अगुवाइमा रहेकोे उक्त सहवित्तीयकरणको सदस्य बैंकहरुमा ग्लोबल आईएमई बैंक, सिभिल बैंक, मेगा बैंक नेपाल तथा नेपाल क्रेडिट एण्ड कमर्श बैंक रहेका छन् ।
उक्त जलविद्युत् आयोजनाको निर्माणका लागि कुल लागतको ७० प्रतिशत बैंकहरुको सहवित्तीयकरण कर्जा र बाँकी ३० प्रतिशत उक्त कम्पनीको लगानी रहनेछ ।
