जनकपुर-जयरनगर रेल चलाउन रेल्वे अध्यादेश ल्याइँदै


११ फागुन, काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले रेल्वे अध्यादेश ल्याउने भएको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक तयारी अघि बढाएको छ ।




पछिल्ला दिनमा उद्घाटन र शिलान्यासमा केन्दि्रत भएको सरकारले साढे ५ महिनादेखि जनकपुरमा थन्किएको रेल पनि उद्घाटन गरिहाल्ने योजना अनुरुप अध्यादेश नै ल्याउने तयारी गरेको हो ।




धनुषाको इर्नवामा ल्याएर राखिएको रेल चलाउनका लागि कानून अत्यावश्यक भएकाले अध्यादेश ल्याउन छलफल सुरु भएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक भट्टराईले बताए । सरकारले संसदमा रेल्वे विधेयक लगेपनि पास भएको छैन ।




सम्बन्धित
Loading...