पूर्व प्रेमिकालाई बसभित्र ३० भन्दा बढी पटक चक्कू घोपे, भीड बन्यो रमिते


मेक्सिकोको एक भीडभाडयुक्त बसमा एक व्यक्तिले आफ्नी पूर्व प्रेमिकालाई तीसभन्दा बढी पटकसम्म चक्कूले हमला गरे ।



यी महिला हमलाका बेला चिच्याइरहेकी थिइन् तर त्यहाँको भीड उनलाई उद्दार गर्नुको साटो रमिते बन्यो । तरपनि यी महिलाको ज्यान भने बचेको छ ।




सिनालोआ शहरमा भएको यो दुर्घटनापछि मानिसहरु स्तब्ध छन् । ३३ वर्षकी यी महिलालाई भेट्न उनका पूर्व प्रेमी आए र अचानक उनीमाथि हमला गर्न थाले । हमलाका कारण महिला रुन थालिन् र मद्दतका लागि गुहार गरिन् ।



सम्बन्धित
Loading...