स्कूल गेट पल्दँदा च्यापिएर स्कूले बालिकाको मृत्यु (भिडियो सहित)




नवलपरासी, ११ फाल्गुन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ५ कालिका माध्यमिक विद्यालयमा विद्यालयको मुल गेट पल्टदा गेटले च्यापिएर एक जना बालिकाको घटना स्थलमै निधन भएको छ ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ६ घर भई हाल कावासोती ५ मा बस्दै आएका मुक्तबहादुर सिंजालीकी छोरी कक्षा ३ मा अध्ययनरत ८ बर्षीया बालिका गमित्रा सिंगालीको निधन भएको विद्यालयको प्रधानाध्यापक लेखराज पोख्रेलले बताए ।
बालिकाको घटना स्थलमै निधन भएको थियो । विद्यालयको बार्षिकोत्सवको तयारी भईरहेको अवस्थामा एक्कासी घटना घटेको थियो । बालिकाको निधन भएपछि विद्यालयको बार्षिकोत्सव रोकिएको छ ।




बिहान करिब १०ः४५ बजेको समयमा गेट पल्टिएर च्यापिदा सिंजालीको घटना स्थलमै मृत्युु भएको हो भने घटनामा सोही विद्यालयको कक्षा ४ मा पढने १० वर्षीय विस्मत ढकाल सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना स्थलको मुचुल्का तयार पारी पोष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाएको छ ।
बालिकाको बुवा पहाड घरमा भएको कारण बालिकाको बुवा नआउँदासम्म बालिकाको आफन्तले घटना स्थलबाट शब उठाउन नदिने जनाइरहेको भए पनि प्रहरीले शब जबरजस्ती उठाएर लगेको बालिकाको आफन्त सुमन मल्ल ठकुरीले बताए ।

गेट बेलैमा मर्मत नगर्दा घटना भएको र घटना लगतै बालिकालाई उपचारका लागि अस्पतालसम्म पनि नपुर्याएको भन्दै बालिकाको आफन्तले विद्यालयप्रति असन्तुष्टी प्रकट गरेका थिए ।

भिडियो हेर्नुहोस



सम्बन्धित
Loading...