भागरथीको परिवारलाई गाउँपालिकाद्वारा ५ लाख राहत
बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई गाउँपालिकाले पाँच लाख रुपैयाँ राहतस्वरूप प्रदान गर्ने भएको छ ।
पीडित परिवारलाई पाँच लाख राहत दिनका लागि गाउँकार्यपालिका बैठकले निर्णय गरिसकेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । यसका साथै नेपाल सरकारलाई पनि पीडित परिवारलाई राहत उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।
भागरथीको गत माघ २१ गते स्थानीय लबलेक जंगलमा बलात्कारपछि हत्या भएको थियो ।