ओलीको स्वेच्छाचारिता अन्त्यको लागि पनि चुनाव आवश्यकः कमल थापा
राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् ।
संसद विघटन सम्वन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव उचित हुने विचार व्यक्त गरे।
प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाब आवश्यक भएको थापाको भनाइ छ ।
‘अपवित्र गठबन्धन बनाएर सरकार बनाउन काँग्रेसलाई जनताको म्यान्डेट थिएन, काँग्रेसले सत्ताको लोभ देखायो भने काँग्रेस पनि जनताको नजरबाट खस्नेछ’, उनले भने ।
