ओलीको ‘संविधान मिच्ने कदम’ अदालतबाट सच्चिनेमा विश्वस्त छौँ : प्रचण्ड


काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि बेला अदालतबाट संविधान मिच्ने कदम सच्चिने बताएका छन् ।



अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा पार्टी कार्यालय पेरिसडाडामा मंगलबार आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम उनले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा बहस सकिएको जानकारी पाएको भन्दै संविधान मिच्ने कदम कुनैपनि बेला सच्चिन सक्ने बताएका हुन् ।




संविधानलाई मान्ने संवैधानिक अंग र निकायले संविधानको मर्म र भावना अनुसार काम गर्ने उनले विश्वास व्यक्त गरे ।



सम्बन्धित
Loading...