बिहीबारदेखि टिभिएस ग्रेण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा
नेपालको लागि टिभिएस टु–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले भृकुटीमण्डपमा मेला आयोजना गर्ने भएको छ।
बिहीबारदेखि सुरु हुने ‘टिभिएस ग्रान्ड एक्स्चेन्ज मेला’ ५ दिन (फाल्गुन १३ गते देखि १७ गतेसम्म) चल्नेछ।
उक्त मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लएर त्यसको सट्टा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिन सक्छन्।
ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १५ हजार सम्म मुल्याङ्कन पाउछन्।
