बुटवलमा जिपको ठक्करवाट मोटरसाइकल चालकको मृत्यु


पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको जीतगढीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।




बुटवल उप–महानगरपालिका वडा नम्बर १२ जीतगढी स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १ च ९०५० नं.को पिक–अप जीपले विपरीत दिशाबाट बुटवल तर्फ आईरहेको लु ४६ प ८१७६ नं.को मोटरसाईकल ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।




लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मी रुरू गाउँपालिका वडा नं. ७ का ५६ वर्षीय बाबुराम पन्थीको क्रममा मृत्यु भएको हो।




सम्बन्धित
Loading...