मृतक बालिकाको आफन्त र विद्यालय प्रशासनबीच सहमति


नवलपरासी, १२ फाल्गुन । मंगलबार विद्यालयको बार्षिकोत्सव मनाउने क्रममा विद्यालयको मुल गेट लड्दा च्यापिएर मृत्यु भएका बालिकाको आफन्त र विद्यालय प्रशासन बीच सहमति भएको छ ।




पूर्वी नवलपरासीको कावासोती ५ कालिका माविमा सोही विद्यालयमा अध्ययनरत कक्षा ३ का ८ बर्षीया बालिका गमित्रा सिंगालीको गेटले च्यापिएर निधन भएको थियो ।

बुधबार विद्यालय प्रशासन, स्थानीय बासिन्दा र बालिकाको आफन्तबीचको छलफल पछि बालिकालाई विद्यालय सहिद घोषणा गरेर विद्यालयको हरेक बार्षिकोत्सवका दिन श्रद्धाञ्जली अर्पण गर्ने, मृतक बालिकाकी दिदीलाई नवलपुर जिल्ला भरीको जुनसुकै सामुदायिक विद्यालयमा अध्ययन गरे पनि कक्षा १२ सम्म निशुल्क अध्यापन गराउने, मृतकका बुवाआमालाई बसोबासका लागि कावासोती ५ वडा कार्यालयसँग जग्गा व्यवस्थापनका लागि माग गर्ने, बालिकाको परिवारलाई काजक्रिया खर्चका लागि तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने र थप दुई लाख आर्थिक सहयोग गर्ने सहमति भएको बालिकाका आफन्त सुमन मल्ल ठकुरीले बताए ।




सहमति पछि मृतक बालिकाको परिवारले बालिकाको पोष्टमार्टमका लागि प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय नवलपुरमा जाहेरी दिएका छन् ।




सम्बन्धित
Loading...