सर्वोच्चको फैसलाको स्वागतमा कावासोतीमा नेकपाका सभा
कावासोती । सर्वोच्च अदालतले संसद पुनस्थापनाको पक्षमा गरेको फैसलाको स्वागत गर्दै नेकपा (प्रचण्ड–नेपाल) समूहले नवलपुरको कावासोतीमा स्वागत सभा गरेको छ ।
कावासोतीको सभापति चोकमा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु किसान गैरे, रविन्द्र अधिकारी, पूर्व सांसद कृष्ण पौडेल लगायतले बोलेका थिए ।
वक्ताहरुले सर्वोच्च अदालतको फैसलाले देशलाई ठूलो दुर्घटनामा फस्नबाट बचाएको बताएका थिए । उनीहरुले सर्वोच्चको फैसलाको स्वागत गर्दै एकआपसमा अविर लगाएर खुसी साटासाट समेत गरेका थिए ।
https://www.youtube.com/watch?v=bEDC4I9ISag