पत्रकार रावललाई नियन्त्रणमा लिएर चार घण्टा यातना
सुर्खेतमा कार्यरत पत्रकार रमेश रावललाई प्रहरीले बिना कारण नियन्त्रणमा लिएर चार घण्टासम्म यातना दिएको छ ।
काँक्रेविहार दैनिक, नयाँ पत्रिका दैनिक र शिलापत्र डटकममा कार्यरत पत्रकार रावल कार्यालयको काम सकेर निवास फर्किने क्रममा मङ्गलबार राति प्रहरीले बिना कारण नियन्त्रणमा लिइ यातना दिएको हो ।
गोदामलाइनस्थित काँक्रेविहार दैनिकको कार्यालयबाट काम सकेर यरिचौकस्थित निवासमा फर्किने क्रममा मङ्गलबार राति साढे १० बजेदेखि विहान दुई बजेसम्म यरिचौक प्रहरी विटमा डिउटी खटिएका सिपाहीले ‘प्रहरी विट’ भित्र थुनामा राखी कुटपिट गरेको पीडित पत्रकार रावलले बताए ।
आफूलाई थुनामा राख्नुको कारण सोध्दा–‘राति किन हिँडेको तेरो पक्राउ पुर्जी आउँदै छ भन्दै नगरप्रहरीको गाडी बोलाइयो ।’
