फेवाताल किनारमा एक युवक मृत भेटिए


पोखरा । पोखरामा एक युवक मृत फेला परेका छन् ।



लेकसाइड फेवातालको किनारमा रहेको बसुन्धरा पार्कमा बिहीवार विहान युवक मृत अवस्थामा भेटिएका हुन् ।




युवक अन्दाजी २२–२५ वर्षको जस्तो देखिने मंगोलियन हुलियाको रहेको प्रहरीले जनाएको  छ ।

निलो ज्याकेट लगाएका करिब साढे ५ फिट उचाईका युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए । मृतकको पहिचान भइनसकेको हमालले बताए ।



सम्बन्धित
Loading...