‘सबको फोन’ : व्यवसायसँगै विद्युत्तीय फोहोर व्यवस्थापन


१३ फागुन, काठमाडौं । ‘सबको फोन…’ गत दुई वर्षदेखि बाक्लै सुन्न थालिएको एउटा कम्पनीको नाम हो, यो । ‘सबको फोन’ले बिग्रेको मोबाइल सेटलाई ‘रिफरविस्ट’ गर्छ ।



‘हामी पुरानो मोबाइलको बिग्रेको पार्टपुर्जा बनाएर, त्यसले पूर्णरुपमा काम गरेको प्रमाणित गरेर नयाँ प्याकेजिङमा ग्राहकलाई फर्काउँछौं’, कम्पनीका संस्थापकमध्येका एक उत्तम काफ्ले भन्छन् ।




सबको फोनमा ब्रान्डेड कम्पनीका पछिल्ला मोबाइल बजारमूल्यको आधामा पाइन्छ। घरघरमा पुराना मोबाइल थुपारेर राख्नुभन्दा ती फोन मर्मत गरेर नयाँजस्तै काम गर्ने बनाएर बेच्दा कमजोर आयस्रोत भएकाले पनि महँगो फोन चलाउने अवसर पाउने उनको भनाइ छ .



सम्बन्धित
Loading...