सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयद्वारा सडक अवरुद्ध


ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन् ।




 

वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक आसपासका स्थानीयवासीले ठेकेदार कम्पनीले लामो समयदेखि निर्माणमा बेवास्ता गरेकाले यातायात अवरुद्ध पारेका हुन् ।




स्थानीयवासीले सडकमा ठूल्ठूला ढुङ्गा राखेर, तारजाली लगाएर सडक अवरुद्ध पारेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका अनुसार पिके कन्ट्रक्शनले निर्माणको जिम्मेवारी लिएको उक्त सडकको आगामी चैत मसान्तसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्नेछ । गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने कार्यादेश भए पनि कोभिड–१९ का कारण निर्माणकार्यमा असर पुगेको भन्दै ठेकेदारले आगामी चैत मसान्तसम्म म्याद थपको अनुमति लिएका छन् ।




सम्बन्धित
Loading...