औषधि व्यवस्था विभागले ८ प्रकारका औषधि बिक्री वितरण गर्न रोक लगायो
काठमाडौं । औषधि व्यवस्था विभागले सातवटा औषधि उत्पादक कम्पनीले उत्पादन गरेका औषधि बिक्री वितरण तथा प्रयोग गर्न रोक लगाएको छ ।
विभागले विभिन्न प्रयोजनका लागि प्रयोग हुने गुणस्तरहीन औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न नगराउन रोक लगाएको हो ।
औषधि व्यवस्था विभागको अनुगमनका क्रममा संकलन गरिएका औषधिको नमूना परीक्षणबाट ती कम्पनीले उत्पादन गरेका विभिन्न ८ प्रकारका औषधिहरु गुणस्तरहीन भएको पाइएको जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको छ । विभागले आज एक सूचना जारी गर्दै भनेको छ, ‘निम्न ब्याच नम्बर भएका औषधि प्रयोग नगर्न तथा नगराउन भनिएको छ ।
