मध्यविन्दुमा ४ वटा वडा सिचार्ई गर्ने गरी साढे ५ करोडको लागतमा नहर बन्दै




गंगा विश्वकर्मा –
नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको ४ वटा वडालाई सिचाई हुने गरी मध्यविन्दु नगरपालिकामा सिचाई नहर निर्माण शुरु भएको छ ।

मध्यविन्दु नगरपालिका ७ चोरमारामा करिव साढे पाँच करोडको लगानीमा सिचाई बाँध तथा पक्की कुलो निर्माण शुरु भएको हो ।
मध्यविन्दु नगरपालिकाको वडा नं. ५, ६, ७ र ८ नम्बर वडामा करिब ३ सय १५ विगाहा जमिन सिचाई हुने गरी नहर निर्माण शुरु गरिएको हरियाली कृषक सिचाई तथा जलउपभोक्ता समितिका पानी व्यवस्थापन उपसमितिका अध्यक्ष जिवलाल भुसालले बताए ।




गण्डकी प्रदेश सरकारको सहयोगमा ५ करोड ५० लाख को लागतमा बाध तथा कुलो निर्माण भइरहेको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय नवलपुरका प्राविधिक तोयानाथ आर्चायले बताए । ८ करोड ८० लाखको अनुमानित लागत सहित टेण्डर आव्हान गरिएको भए पनि ५ लाखद ५० लाखमा टेण्डर स्वीकृत भई निर्माण शुरु भएको आचार्यले बताए ।

आयोजनाको अहिले २५ देखि ३० प्रतिशत काम सकिएको छ । निर्माणधिन बाध तथा नहर आर्थिक बर्ष ०७८/७९ मा भित्र निर्माण सम्पन्न हुने गरी काम भईरहेको प्राविधिक अचार्यले जानकारी दिए ।

आयोजना अन्र्तगत अहिले सिचाईको व्यबस्थापनका लागि गिरुवारी खोलामा ६० मिटर लम्वाई र ३५ मिटरको चौडाईको बाध निर्माणको काम भइरहेको छ भने तिन सय ८० मिटर पक्की नहर निर्माणको कार्य जारी छ ।

तिन सय ८० मिटर पक्की नहर मध्ये अहिले सम्म दुई सय ९० मिटर नहर निर्माण भइसकेको भुसालले जानकारी दिए ।

कतिपय क्षेत्रमा आकाशे पानीको भर पर्नु पर्ने र कतिपय क्षेत्रमा कच्ची कुलोबाट सिचाई गर्ने गरिएकोमा पक्की सिचाई नहर बनेसँगै यहाँका किसानहरुलाई मौसमी तथा बेमौसमी खेतीका साथै व्यवसायिक रुपमा तरकारी खेती गर्न समेत सहज हुने स्थानीयले आश लिएका छन् ।

https://www.youtube.com/watch?v=bAMArBtnopI&t=36s



सम्बन्धित
Loading...